खैरो हिरोइनसहित एक जना थानकोट प्रहरीको नियन्त्रणमा

 

बैशाख १७, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुगांले खैरो हिरोइनसहित एक जनालाई नियन्त्रणमा लिएको छ । 

सुर्खेतबाट काठमाडौंतर्फ आउँदै गरेको ना७ख ५९७२ नम्बरको को यात्रुबाहक बस चन्द्रागिरि नगरपालिका वडा नं. २ नागढुंगा स्थित चेकजाँच गर्ने क्रममा प्रहरीले खैरो हिरोइन सहित एक जनालाई नियन्त्रणमा लिएको हो । 

null

जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नं. १ घर भएका २५ वर्षीय भरत भण्डारीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए । 

थानकोट प्रहरी प्रमुख थापाले भने, ‘भण्डारी बसेको सिट मुनि कालो प्लाष्टिकमा पोका पारी बेरेर लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोइन १३.८८ ग्राम फेला परेका हौँ ।’ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *