भारतमा पहिलो पटक समलैंगिक विवाह

 

चैत १७, रायपुर । भारतकाे रायपुरमा पहिलो पटक समलैंगिक विवाह भएको छ । 

विवाहमा सजिएका १५ घोडामा बसेर दुलहा आएका थिए । किन्नर दुलही हेर्नेको भीड थियो । वास्तवमा भारतमा समलैंगिकतालाई मान्यता दिने कानून बनेपछि पहिलो पटक सामूहिक रुपमा किन्नरको विवाह भएको हो । विवाहमा यस्ता पुरुष दुलहा बनेर आएका थिए, जसको किन्नरसँग प्रेम बसेको थियो । 

null

रायपुरमा शनिबार निकै खास विवाह भयो । यो विवाह यस्तो खास भइदियो कि, गोल्डेन बुक अफ वल्र्ड रेकर्डमा पनि यसलाई दर्ता गरियो । 

 

विवाहको खास आकर्षण बनिन् भारतकी पहिलो मिस ट्रानस क्वीन वीणा सेन्द्रे । उनी पनि विवाह समारोहमा सहभागी थिइन् । 

जन्तीमा किननर समाजका मानिसहरुले ढोल बजाएर नाचेका थिए । उनीहरुको जीवनमा यो पहिलो मौका थियो । दोस्रोको विवाहमा नाचेर खुशी बाँड्ने किन्नर समुदाय पहिलो पटक आफ्नो लागि खुशी मनाइरहेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *