हावाहुरी पीडितलाई बाबुरामकाे ५ लाख सहयाेग

 

चैत २१, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बारा–पर्साका हावाहुरी पीडितलाई ५ लाख रुपैयाँ राहत उपलब्ध गराएका छन् । 

संयोजक भट्टराईले प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनमार्फत् हुरीपीडितलाई उक्त रकम सहयोग गरेका हुन् । नयाँ शक्तिका तर्फबाट डा. भट्टराईले प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा राहत रकम हस्तान्तरण गरेका हुन् । पीडिहरूलाई औपचारिक संयन्त्र मार्फतै व्यवस्थित सहयोग गर्न पनि बाबुरामले आग्रह गरेका छन् । 

null

हावाहुरीमा परी बारा–पर्सामा २८ जनाको मृत्यु भएको थियो भने त्यहाँका १ हजार बढी घरहरु क्षतिग्रस्त भएका थिए । क्षतिग्रस्त सबै घरहरु प्रदेश २ सरकारले निर्माण गरिदिने भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *