पक्राउ पर्यो तस्करलाई सहयोग गर्ने बफादार सुगा, सोधपुछमा खोलेन रहस्य

 

बैशाख १४, ब्राजिल । तपाईंहरुले इमान्दार, बफादार जनावरको कयैन कहानी सुन्नुभएकै होला । कयौँ ठाउँमा मानिसभन्दा जनावर ज्यादा बफादार हुन्छन् । बफादार जनावरमध्ये कुकुर सबैभन्दा अगाडी छ । 

सामान्यतया मानिसहरु कुकुरलाई यसकारण पाल्छन्, ताकि मालिकलाई सहयोग गरोस्, सुरक्षा देओस् । जनावर बोल्न सक्दैनन्, र कतिपय कुराहरु बुझ्दैनन् पनि तर उनीहरुको आत्मामा पनि भावना हुन्छ र उनीहरु हाम्रो अप्ठ्यारो परिस्थितिमा हामीलाई सहयोग गर्छन् । 

null

बफादरी मामिलामा कुकुरभन्दा ज्यादा पंक्षी पनि देखिएको छ । त्यो पंक्षी अरु कुनै होइन, घरमा पालिएको सुगा हो । सुगा पनि कुकुर भन्दा ज्यादा बफादारी गर्छ र अप्ठ्यारो परिस्थितिमा मालिकको साथ खडा हुन्छ । 

ब्रजिल प्रहरीले ड्रग्स तस्करलाई सहयोग गर्ने यस्तै बफादारी सुगालाई पक्राउ गरेको छ । ड्रग्स तस्करविरुद्ध कारावाहीका समयमा प्रहरीले सुगालाई नियन्त्रणमा लिएको हो । सुगा आफ्नो मालिकप्रति यति बफादार निक्लियो कि प्रहरीले लाख कोशिश गर्दा पनि आफ्नो मुख खोलेको छैन । 

तस्कर (मालिक) ले सुगालाई यस्तो ट्र्निङ दिएका थिए कि, जब प्रहरी आउथ्यो, तब सुगा पुलिस–पुलिस बोलेर उनीहरुलाई अलर्ट गथ्र्यो । प्रहरी अफिसरहरुको एक टीमले गत सोमबार पियाउ स्टेटमा ड्रग्स तस्कर जोडिएका एक ठाउँमा छापा मारेको थियो । 

यसपटक पनि सुगाले आफ्ना मालिकलाई पुलिस–पुलिस भन्दै अलर्ट गर्ने कोशिश गरेको थियो तर दुवै तस्कर प्रहरीको फन्दामा परे, सुगासहित । 

प्रहरीका अनुसार अहिलेसम्म सुगाले केही बोलेको छैन, ऊ पुरै चुप छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *