पाथीभराबाट फर्किएको गाडी दुर्घटना: ११ जना घाइते, ५ को अवस्था गम्भीर
२०७५ चैत २७ गते

ताप्लेजुङ, २७ चैत्र । ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्किएका तीर्थयात्री चढेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ भने ६ जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
गम्भीर घाइतेमध्ये ५४ वर्षीय मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ८ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीय लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि बाहिर रिफर गरिएको छ । बाँकी ६ जनाको ताप्लेजुङमै उपचार भइरहेको छ ।
null
घाइते सबै बारा निजगढका हुन् । मे १ ज १४८६ नम्बरको ट्याक्सी मंगलबार राति ९:५० बजे सुकेटार विमानस्थल छेउमा दुर्घटना भएको थियो ।
२०७५ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित








