आमासँग आशिर्वाद लिएर भोट हाल्न पुगे प्रधानमन्त्री मोदी

 

बैशाख १०, काठमाडौं । भारतमा आज तेस्रो चरणको निर्वाचन भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदी आमाको आशिर्वाद लिएर भोट हाल्न पुगेका छन् । 

प्रम मोदीले आमा हिराबेनसँग आशिर्वाद लिएर चुनावी क्षेत्र गुजरातको अहमदाबादमा भोट हालेका हुन् । अहिले उक्त तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । 

null

प्रधानमन्त्री मोदीले उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट समेत लोकसभा निर्वाचनमा लड्दैछन्। उक्त निर्वाचन सातौँ चरणमा हुँदैछ । 

१३ राज्य र दुई केन्द्रशासित प्रदेशका १ सय १७ लोकसभा सिटका लागि मतदान भएकाे हो । 

गुजरातका २६, केरलाका २०, कर्नाटकका १४, महाराष्ट्रका १४, गोवाका २, असमका ४, बिहारका ५, ओडिसाका ६, उत्तर प्रदेशका १०, छत्तीसगढका ७, पश्चिम बंगालका ५, दमन–दीवको १, दादर नगर हवेलीको १ र जम्मू–कस्मिरको १ सिटका लागि मतदान भइरहेको हो । 

१ सय १७ सिटका लागि १ हजार ६ सय १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यीमध्ये राष्ट्रिय दलका ३ सय १४, क्षेत्रीय दलका ७६, मान्यता प्राप्त नगरेका दलका ४ सय ९२ र स्वतन्त्र ७ सय १२ जना उम्मेदवार मैदानमा छन् । 

दुई प्रमुख पार्टी भारतीय जनता पार्टी (भाजपा) र कांग्रेसका अध्यक्षको चुनावी क्षेत्रमा पनि आज मतदान भइरहेको छ । कांग्रेस अध्यक्ष राहुल गान्धी यो चरणमा केरलको वायनाड संसदीय क्षेत्रबाट चुनावी मैदानमा छन् । । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =