गृहमन्त्रीसहित चार मन्त्रीको टोली बारा र पर्सा जाँदै

 

चैत १८, काठमाडौँ । बारा र पर्सामा आइतबार आएको भीषण हावाहुरीले ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित  मन्त्रीको टोली त्यहाँ जाँदैछन् । 

आइतबार साँझ आएको भीषण हावाहुरीका कारण २७ जनाको मृत्यु भएको छ भने, ४ सयको उद्धार गरिएको छ । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार २ सय ८२ जनाको उपचार भइरहेको छ । 

null

सोही स्थान र स्थितिको अवलोकन तथा निरिक्षण गर्न सोमबार दिउँसो गृहमन्त्री थापा, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकास मन्त्री मोहम्द इस्तियाक राई र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ हावाहुरी प्रभावित बारा र पर्सा जान लागेका हुन् । 

मन्त्रीको टोली झापा पुग्ने र त्यहाँबाट प्रधानमन्त्री केपी ओलीलाई सँगै लिएर प्रभावित क्षेत्रमा जाने गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । 

त्यस्तै गृहसचिव प्रेमकुमार राईसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितको टोली छुट्टै हेलिकोप्टरबाट हावाहुरी प्रभावित क्षेत्रमा जान लागेको पनि जानकारी दिइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *