बस दुर्घटना अपडेटः ४ जनाको मृत्यु, ३९ घाइते, दुईको सनाखत

  

चैत २५, धरान । धरानमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । 

धनकुटाबाट सोमबार बिहान ८ बजेर १५ मिनेटमा छुटेर धरानतर्फ आउँदै गरेको ना६ख २७१३ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ४जनाको मृत्यु भएको हो भने ३९ जना घाइते भएका हुन् । 

null

धनकुटा–६ बुधबारेबाट धरानतर्फ आइरहेको बस धरान–१३ स्थित जिरो प्वाईन्टमा दुर्घटना हुँदा बस चालक धरान–८ का ३८ वर्षीय चक्रबादुर गुरुङसहित ४ जनाको मृत्यु भएको हो । 

धनकुटाको चौबिसे गाउँपालिका वडा नं. १ का ५६ वर्षीय दलबहादुर मगर, अन्य एक महिला र एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुई जनाको परिचय खुल्न सकेको छैन । 

 

त्यस्तै सोही दुर्घटनामा परी घाइते हुनेहरुमा इटहरी–५ का २४ वर्षीया दिवा सुबेदी, धनकुटा चौबीसे गाउँपालिकाकी ३० बर्षिया शान्ता तामाङ, धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारकी ४ बर्षिया प्रियका बि.क, धनकुटा चौबीसे गाउँपालिकाकी ५ बर्षिया लजिता मगर, २० बर्षिया मिनराज मगर र ४० बर्षिया धर्म कुमारी मगर रहेका छन् । 

दुर्घटनामा धनकुटा नगरपालिका वडा नं. ३ कुरुलेका २५ बर्षिया भक्त कुमार याख्खा, तेह्रथुम फाक्चामाराकी २२ बर्षिया सुस्मीता लिम्बु, र २ बर्षिया छोरी नुम्मा लिम्बु घाइते भएका छन् । 

 

त्यसैगरी धनकुटा मुढेबास वडा नं. ८ की २० बर्षिया सिता मगर, मोरङ केराबारी वडा नम्बर ५ की ११ बर्षिया आताना तामाङ, धनुकटा सागुरीगढी वडा नं. ५ डाँडाबजारका एकै परिवारका तीन जनाः बुबा ४७ बर्षिया जंगी प्रसाद राई, ३६ बर्षिय आमा बुद्ध माया राई र छोरी ७ बर्षिया छोरी बिबिश राई घाइते भएका छन् । 

 

त्यस्तै दुर्घटनामा धनकुटा खुवाफोकी ३२ बर्षिया सोमा लिम्बु, ५ बर्षिय सिकेन लिम्बु, मोरङका १३ बर्षिया दिपेन लिम्बु, धनकुटा चौबिसेकी २२ बर्षिया सुनिता मगर, सुनसरी महेन्द्र नगर वडा नं. २ का १८ बर्षिया कुशल लिम्बु, सुनसरी ईटहरी १९ तरहराकी १८ बर्षिया अनु श्रेष्ठ, धनकुटा चौबिसे वडा नं १ की ५ बर्षिया रोजीता मगर, ३८ बर्षिया धर्म कुमारी अधिकारी, धनकुटा सागुरीगढी वडा नं ६ की ५९ बर्षिया धनमाया बि.क., धनकुटा चौबीसे वडा नं १ का ३० बर्षिया मिन राज मगर, प्रेम कुमार मगर, तेह्रथुम फाक्चामाराकी २० बर्षिया सुस्मीता सम्वाहाम्फे, नुमाफुङ लिम्बु, पाँचथरका तेजबहादुर लिम्बु पनि घाइते भएका छन् । 

धरान १७ का नबिन श्रेष्ठ, रजिता राई लगायत सबै घाइतेहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *