आर्थिक कारोबार नमिल्दा साथीलाई खुकुरी प्रहार

बैशाख ९, बुटवल ।  आर्थिक कारोबार नमिल्दा अर्घाखाँचीका एक युवकले आफ्नै साथीले खुकुरी हानी हत्या गर्ने काेशिस गरेका छन् । उनीहरु साथीमात्र नभई दाजुभाई नाता समेत भएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । 

 

अर्घाखाँचीको छत्रदेव–४ केरुङ्गाका सुवास भुसालले सोही स्थानको कैलाश भुसाललाई खुकुरी प्रहार गरी हत्या गर्ने कोशिस गरेको प् प्रहरीले जानकारी दिएका छन् । हत्याको कोशिस गर्ने सुवास तिलोत्तमामा बिजुली पसलका संचालक समेत भएको खुल्न आएको छ । उनलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अघी बढाई रहेको प्रहरीले जनाएको छ । 

null

हत्याको कोशिस गर्ने सुवास आफैले एम्बुलेन्समा  घाइते कैलाशलाई राखी अस्पताल पुर्‍याएको प्रहरीले बताएका छन् । यी दुबैजना एउटै मोटरसाइकलमा अर्घाखाँचीबाट रुपन्देहीको बुटवल आउँदै गर्दा  रुपन्देही र पाल्पाको सिमाना बल्ढेङगढीमा सुवासले कैलाशको हत्या गर्ने कोशिस गरेको प्रहरी स्रोतले जनाएको छ । 

प्रहरी निरीक्षक एकबहादुर नेपालीले जानकारी दिए अनुसार बेहोस अवस्थामा रहेका कैलाशको बाँया हात र गर्धनमा गम्भिर चोट लाग्नुको साथै हात चुड्ने अबस्थामा रहेको छ ।  हाल घाईते कैलाश बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताएका छन् । 

हत्या को कोशिस गरिनुकोको कारण आर्थिक लेनदेन भएको र उनीहरुबीच भएको लेनदेनको कागजपत्र समेत फेला पारिएको प्रहरीले जनाएको छ । सुवासले कैलाशलाई करिब ८ लाख दिनुपर्ने देखिएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । 

  

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *