शास्त्रले भन्छ यसरी पुजापाठ् गर्दा यी कुरामा ध्यान दिए ईच्छाएको कुरा पुग्नेछ

बैशाख १० । हिन्दु धर्म मान्नेहरु पुजापाठ्मा विशेष ध्यान दिने हुन्छन् । हिन्दु धर्म मान्ने मानिसहरु प्रायजसो बिहान उठे्र पुजापाठ् गर्नुे हुन्छन् । यसरी पुजापाठ् गर्दा धेरै मानिसहरुले अन्जानमा गलत तरिकाले गरिरहेका हुन्छन् । यसरी पुजापाठ् गर्दा केही ईच्छाहरु भगवान्सँग मागी रहेका हुन्छौँ र त्यो ईच्छा पुरा गर्न हामी बिभिन्न कुराहरु चढाउने भाकल समेत गरिरहेका हुन्छौँ तर यसरी ती भाकलहरु चढाउँदा पनी कहिले काही हाम्रो ईच्छाहरु पुरा भई रहेका हुँदैनन् । 

 

यी सबको कारण हो हामीले कुन देवतालाई के चढाउँनु पर्छ कुन देवताको कसरी पुर्जा गर्नु पर्छ भन्ने ज्ञान नभएको कारणले हाे । शास्त्र अनुसार यी तल भनिएका जसरी पुजापाठ् गरे, कुन देवतालाई के चढाउनु हुन्छ भनेर हामीलाई थाहा भए हामीले चिताएको कुरा पुग्नेछ । 

null

– तुलसीको पातहरुलाई ११ दिनसम्म बासी मानिँदैन । यसको पातहरुमा जल चढाएर पुन भगवानलाई अर्पित गर्न सकिन्छ ।– सुर्यदेवलाई शंखको जलबाट अघ्र्य दिनु हुँदैन । भने बुधवार अनि बिहिवार पिपलको रुखमा जल चढाउनु हुँदैन । त्यसमा पनि दुवोलाई भने बिहिवार टिप्नु हुँदैन । 

– प्लास्टिकको बोत्तल वा कुनै अपवित्र धातुको भाँडामा गंगाजल राख्नु हुँदैन । गंगाजल तामाको भाँडामा राख्नु सुभ मानिन्छ ।यसो गरेर केतुकीको फुल पनि शिवलिंगमा चढाउनु हुँदैन । 

– कुनैपनि पुजामा मनोकामनाको सफलताको लागी दक्षिणा अवश्य चढाउनु पर्छ । र यस बेलामा माता लक्ष्मीको विशेष रुपले कमलको फुल अर्पित गरीन्छ । यस फुललाई पाँच दिनसम्म जल चढाएर पुन प्रयोग गर्न सकिन्छ । त्यसैले घरको मन्दिरमा विहान अनी साँझ दिप अवश्य बाल्नुपर्छ । 

– शिव, गणेश अनी भैरवलाई तुलसी चढाउनु हुँदैन । 

– एकादशी द्धादशी, संक्रान्ति तथा साँझमा तुलसीको पात टिप्नु हुँदैन । 

– स्नान नगरी तुलसीको पातलाई टिप्नु हुँदैन । शास्त्र अनुसार यदि कुनै व्यक्ति ननुहाइ तुलसीको पात टिप्छ भने पुजा गर्दा यस्तो पात भगवानद्धारा स्वीकार हुँदैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 3 =