‘सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिन्छौं’ उपप्रधामन्त्री यादव

 

चैत्र २८, खोटाङ । सरकारमा सहभागी हुनेक्रममा गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले चेतावनी दिएका छन् । आज बिहीबार खोटाङको दिक्तेल पुगेर उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले उक्त चेतावनी दिएका हुन् । 

‘सरकारसँग विगतमा भएका सहमति कार्यान्वयनमा हामी सचेत छौं, सहमति कार्यान्वयनमा सरकार पछि हट्छ भने हामी पनि सरकारमा रहनुको अर्थ छैन ।’ संघीय समाजवादी फोरम खोटाङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले भने । 

null

उनले हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, संघीय गणतन्त्र, समावेशिता र पहिचानको मुद्दालाई संस्थागत गर्ने मुद्दा पूरा नहुने अवस्था आए आफ्नो पार्टीको बाटो अलग हुने स्पष्ट पारे । फोरमलाई सत्तालोलुपताको आरोप लागिरहेको अवस्थामा उनले आफुहरु सत्ता र कुर्सीका लागि मात्रै सरकारमा नबसेको जिकिर गरे । 

यादवले मधेसी, आदिवासी जनजातीका मुद्दाहरु, महिलाका मुद्दाहरु, दलितका मुद्दाहरु, पिछिडिएका वर्ग र समुदायका मुद्दाहरु अहिले पनि सम्बोधन हुन बाँकी रहेको भन्दै अधिकार प्राप्तिका लागि सरकारमा गएको बताए । ‘गणतन्त्र र संघियता कार्यान्यवयनमा आएपनि हाम्रा धेरै अधिकारहरु झै पुरा भएका छैनन् ।’ उनले भने । 

यादवले मुलुकलाई गाँठो परेर बस्नबाट जोगाउँदै संविधान संशोधन लगायतका काम पूरा गर्नका लागि फोरम सरकारमा सहभागी भएको ठोकूवा गरे–‘हामी आएर यो सरकार बनेको पनि होइन । हामी बाहिहिँदा बहुमत जान्छ भन्ने पनि होईन ।’ उनले भने–‘तर, दुई तिहाई पुर्याउनलाई हाम्रो आवश्यकता छ ।’ 

मन्त्री यादवले स्वतन्त्र मधेशको नारा बोकेका सिके राउतलाई आत्मसमर्पणवादी समेत भने । दुई चार दिन जेल बस्दैमा राउत आत्तिएको जिकिर गर्दै यादवले भने–‘पञ्चायत कालमा पनि आन्दोलन गरिन्थ्यो, जेल परिन्थ्यो । दुई चार दिन जेलमा परेपछि कतिपय मान्छे आत्तिन्थे र म आक्कल झुक्कलमा परेको हुँ, म यो निर्दलीय व्यवस्था मान्छु भनेर कागज गर्थे र जेलबाट छुट्थे, सिकेजी चार महिना जेलमा बसे, आत्तिए र आत्मसमर्पण गरे ।’ 

उनले मधेशलाई अगल देश बनाउछु भन्ने मुद्धा छोडेकोले राउतलाई कागज गरेर छाडिएको समेत दावि गरे । 

स्वास्थ्यमन्त्री यादवले स्वास्थ्इ क्षेत्रमा जनताको अधिकार स्थापित गर्न गोजीमा पैसा नहुँदा उपचार गर्न नसकेर ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले स्वास्थ्य नीति कार्यान्वयन सुरु गरेको समेत बताए । ‘अब कुनैपनि जनताले पैसा भएन भनेर उपचार नगरी बस्नुपर्ने अवस्था आउँदैन, सरकार दिर्घकालिन योजना बनाएर अघि बढिरहेको छ ।’ उनले भने ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *