३० पोका गाँजासहित उज्वल र रामजस प्रहरी नियन्त्रणमा

 

चैत २१, मकवानपुर । प्रहरीले गाँजा कारोबारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । 

महोत्तरीको बर्दिवास नगरपालिका-११ का ३६ वर्षीय रामजस यादव र १९ वर्षीय उज्वल गुर्मछान मगरलाई २ सय १२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो । 

null

विशेष सूचनाका आधारमा ओसारपसारमा प्रयोग गरिएको ना ३ च ३७६९ नम्बरको पिकअप भ्यानसहित दुवैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

मनहरिबाट हेटौंडा जाँदै गरेको भ्यान हेटौंडा उपमहानगरपालिका ३ स्थित तीनताप्के सडकमा चेकजाँच गर्दा ३० वटा पोका बनाई लुकाइराखेको २ सय १२ किलो गाँजा बरामद भएको थियो । 

पक्राउ परेका दुई जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजार देखि १ लाखसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *