पूर्व र मध्य क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौ, १६ वैशाख । काठमाडौं उपत्यकामा केही दिन यता लगातारजस्तै तापक्रम बढ्दै गएको छ । बिहान र दिउसो पानी नपरेकाले गर्मी बढेको मौसमविद्ले बताएका छन् । काठमाडौंको तापक्रम आइतबार यो वर्षको सबैभन्दा धेरै अर्थात ३० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

सोमबार काठमाडौंको अधिकतम तापक्रम ३१ डिग्रीसम्म पुग्ने अनुमान गरिएको मौसमविद् भनाई छ । यसैबीच सोमबार देशको पूर्व र मध्य क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन पूर्वको समय भएकाले दिउँसो घाम लाग्ने तर बेलुका मेघगर्जनसहित पानी पर्ने सम्भावना भएको मौसमविद् बताउँछन् । पूर्वमा भने दिउँसो पनि आशिंक बद्ली हुन सक्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *