प्रधानमन्त्री भन्छन्- अबको एक वर्षमा पुनर्निर्माण सम्पन्न गर्छाैं

 

बैशाख १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि भत्किएका संरचनाको पुनर्निर्माण एक वर्षभित्रै सम्पन्न गर्ने दाबी गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमा बिहान एक ट्वीट गर्दै प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन् । 

null

चार वर्षअघिको विनाशकारी भूकम्पले सुरक्षित अवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको उल्लेख प्रधानमन्त्रीले ट्वीटरमा उनले लेखेका छन्, ‘सयौं वर्ष अघिदेखिका संरचनाहरु एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षौं लाग्छ । हामीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउँछौँ ।’ 

यता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माणको गति हेर्दा एक वर्षमै सकिने छाँटकाँट देखिएको छैन । प्राधिकरणले अबको दुई वर्षमा बाँकी ३२९ वटा सम्पदा बनाउने दाबी गरेकाे छ ।  

भूकम्प गएको ९ महिनापछि काम सुरु गरेको प्राधिकरणले प्राधिकरणले ७५३ वटा सम्पदा बनाउनुपर्नेमा ४ वर्षमा मात्रै २२४ सम्पदा निर्माण सम्पन्न गरेको छ । प्रधानमन्त्रीले दाबी गरे अनुसारमा प्राधिकरणले एक वर्षमा ३२९ वटा सम्पदा बनाउन कठिन देखिन्छ । 

भुकम्प गएको ४ वर्ष बितिसक्दा पनि पुरातत्व विभागबाट १६२, संघसस्थाबाट ४२ र पशुपति क्षेत्रबाट २० सम्पदा पुनर्निमाण सम्पन्न भएको छ भने ४४५ वटाको निर्माण कार्य भइरहेको छ । अझै ३०८ वटा सम्पदाको काम सुरू भएकै छैन । 

भुकम्प प्रभावित १७ जिल्लाका ८४५ मध्ये गुम्बा बाहेकका ५८७ वटा सहित कुल ८९५ वटा सम्पदा संरक्षण तथा पुनर्निर्माण कार्य जारी रहेको विभागले जानकारी दिएको छ । 

त्यस्तै प्राधिकरणले हालसम्म निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धी हासिल गरेको दाबी गरेको छ भने ५९ प्रतिशत सम्पदा पुनर्निर्माण गरि सकिएको जानकारी दिएको छ । 

प्राधिकरणले पुनर्निर्माण प्रक्रियामा सहभागी रहेका ६ लाख १२ हजार ३ सय ७ घरपरिवार मध्ये ३ लाख ८२ हजार २ सय ७७ परिवारले घर बनाइसकेको पनि जानकारी दिइएको छ । 

आर्थिक वर्ष ०७४७५ सम्म कुल १ खर्ब ८६ अर्ब रकम खर्च भएको छ भने चालू आर्थिक वर्षमा जम्मा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिएको प्राधिकरणले भूकम्प प्रभावित जिल्लाको सबै पुनर्निर्माण सम्पन्न गर्न ४ खर्ब २९ अर्ब थप बजेट आवश्यक पर्ने जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *