बँदेल मार्न खोज्दा व्यक्तिको मृत्यु, ५ जना पक्राउ

बैशाख ११, बुटवल । रुपन्देहीमा बँदेल मार्न बिछ्याईएको विद्युतीय धरापमा परी एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–११  भूपू सैनिकटोलका  ४० वर्षिय मीनबहादुर गौतम रहेका छन् । मृतक गौतम बैशाख वैशाख १ गतेदेखि बेपत्ता भईरहेका थिए । 

उनी बेपत्ता भएपछी परिवारले प्रहरीमा उजुरी गरेपछी उनको खोजीकार्य भईरहेको थियो । खोजतलास गर्दा उनको शव देवदह नगरपालिका–९ को जंगलमा फेला पारिएको हो । 

null

 

स्थानीय रोहणी खोलामा बँदेल मार्नका लागि चन्द्रबहादुर थापा, नरबहादुर पुन र उपेन्द्रबहादुर शाहले बिछ्याएको विद्युतीय धरापमा परी गौतमको मृत्यु भएपछी शवलाई लुकाउन उनीहरुले देवदह ९ स्थित जंगलमा लगेर गाडेको प्रहरीले जनाएको छ । 

प्रहरीले उक्त शव १० दिन पछि आज उत्खनन् गरेर निकालेका हुन् । घटनामा संलग्न  भएको आशंखामा ५ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *