मृतकका परिवारलाई ५/५ लाख दिने प्रचण्डको घोषणा

 

चैत १९, बारा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हावाहुरीमा परी ज्यान गुमाएकाको परिवारलाई ५/५ लाख दिने घोषणा गरेका छन् । 

घाइते तथा पीडितको अवस्था निरीक्षण गर्न बारा–पर्सा पुगेका अध्यक्ष प्रचण्डले मृतकका परिवारलाई ५/५ लाख दिने घोषणा गरेका हुन् । 

null

प्रचण्डले पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका थिए । मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने उनको धारणा थियो । यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५ लाख दिने घाेषणा गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *