निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर संचालन

 

चैत्र २७, बझाङ्ग । श्री राम प्रसादखत्री स्मृती प्रतिस्ठान बझाङ्गको आयोजना तथा खप्तड छान्ना गाउँपालिका र नेशनल लाईफ इन्स्योरेन्स क.लि. को सह प्रायोजनमा दुई दिने निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

बझाङ्गको खप्तड छान्ना गाउँपालिका वडा नं. ४ नेटाकाटिया ब्रमस्थलमा पर्ने श्री दुर्गा महालिङ्गमा.बि.को भवनमा चैत्र २५ र २६ गते उक्त दुई दिने निःशुल्क शिविर सञ्चालन भएको हो । 

null

उक्त शिबिरम ालुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल प्रा.ली, तिलोत्तमा आँखा अस्पताल, आम्दा हस्पिटल प्रा.ली बुटवल र हिमाल डेन्टल हस्पिटल प्रा लि का चिकित्सकहरुको संयुक्त टोलीले सेवा प्रदान गरेको थियो । 

७ वटा बिशेषज्ञ बिधामा सेवा प्रदान गरिएकोमा सामान्य चिकित्सातर्फ ६९५ जना, हाडजोर्नी तर्फ ८८१ जना, दन्तरोग तर्फ २६१ जना, आँखातर्फ ३८१ जना, स्त्रीरोग तर्फ ५७६ जना, बालरोग तर्फ १९४ जना, शल्यक्रिया तर्फ १० जना गरी जम्मा २,९९६ जनाको स्वास्थ्य परिक्षण भएकोमा सो मध्ये ३९४ जनाको अल्ट्रासाउन्ड, १०१ जनाको ल्याब परिक्षण , ३१ जनाको मोतिबिन्द ुअप्रेशन, ५३ जनाको दन्त हालिएको, १०८ जनाको दन्त निकालेको बताइएका छन् । 

सो टोलीबाट लगभग २२ लाख बराबरको निशुल्क औषधी समेत बितरण गरिएको थियो । यस राम प्रसाद स्मृती प्रतिष्ठानले बिशेषज्ञ स्वास्थ्य शिविर संचालन, गरिब तथा जेहेन्दार विधार्थीलाई छात्रवृत्ती लगायतका समाज सेवाका कार्यक्रम गर्दै आईरहको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *