महाधिवेशन समयमै हुनुपर्छ : नेता केसी

फागुन १९, विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजुर्ननर सिंह केसीले नेपाली काँग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने नत्र काँग्रेस र लोकतन्त्र नै कमजोर हुने जिकिर गरेका छन् । 

विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा समयावधि थप्न नहुने र महासमितिले दिएको म्यान्डेडलाइ महाधिवेशनले मात्र परिवर्तन गर्न सक्ने प्रावधान भएपनि जथाभावी गरिएको बताए । नेता केसीले भने ‘ वहुमतका आधारमा तोडमोड गरी गरिएको विधान पारित मान्य छैन् ।’ उनले तलैबाट निर्वाचित भएर आउनु पर्ने लोकतान्त्रिक पार्टीको गुण नै भएकोले यस्तो प्रावधानलाई परिवर्तन गर्न नहुने बताए । 

नेता केसीले पार्टीको सभापतिको उम्मेदवार बन्न उछिन पाछिन् गरेर अघि बढ्नुभन्दा सबैको सरसल्लाहमै तयारी गर्नुपर्ने बताए । उनले भने ‘म पनि सभापतिको आकांक्षी हो तर सबैको सरसल्लाह र सहमतिमा मात्र निर्णय गर्छु ।’ अर्को प्रसंगमा नेता केसीले सरकार भ्रष्टाचारलाई बढावा दिने निकाय जस्तो भएको आरोप लगाउँदै बुढीगण्डकी, वाइडबडी खरिद, फोर जी इजाजत जस्ता विषयले नेपालकै बद्नामी भएको बताए । 

null

केसीले नेपाल एयरलाइन्सको वाइड बडी बिमान खरिद प्रकरणमा भएको भ्रष्टाचारमा विपक्षीको संलग्नता भए को हो त्यसलाई सार्वजनिक गर्न चुनौती दिएका छन् । नेता केसीले भने ‘यो प्रकरणमा विपक्षी दलका कोही नेता संलग्न भए सरकारले तिनको नाम सार्वजनिक गरोस ।’ केसीले वाइडबडी प्रकरणमा सरकारले दोहोरो चरित्र देखाएको र सरकारी छानबिन समिति बनाएर झन् उसको अभिष्ट उदांगो पारेको आरोप लगाए । 

वाइड बडी खरिदमा भएको अनियमिमतामा संलग्न जो भएपनि कार्वाहीको दायरामा ल्याइनु पर्ने केसीको भनाइ छ । ‘अर्बौ रुपैयाँ घोटाला भएको यो काण्डमा को को संलग्न छन् भनेर अनुहार हेर्ने जनतलाई इच्छा छ’ नेता केसीले भने ‘तर सरकार भने यो विषयलाई मोड्ने प्रयासमा छ ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *