महाशिवरात्रीकाे लागि सिद्धबाबा मन्दिर सजाइँदै

 

फागुन १८, खस्यौली ।  महाशिवरात्री पर्वलाई लक्षित गरेर प्रसिद्ध सिद्धबावा मन्दिरलाई सजाउन थालिएको छ । मन्दिरमा रंगरोगन, मर्मत संभार लगायतका काम सम्पन्न भइसकेको छ । 

मन्दिरमा भक्तजनलाई आवतजावत गर्न आजदेखि निःशुल्क बस सेवा समेत सञ्चालनमा ल्याइएको मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले जानकारी दिए । गत वर्ष महाशिवरात्रीको भेटीबाट बचत भएको रकम र अन्य स्रोत समेत गरी रु २९ लाख बढीमा सो बस समितिले नै खरीद गरी सञ्चालन गरेको हो । 

null

तत्काललाई हरेक दिन बिहान ५ बजे बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाबाट सञ्चालन हुने गरी बस व्यवस्थापन गरिएको बताइएको छ । बसमा भजन कीर्तन र धार्मिक प्रवचन गर्ने व्यवस्थासमेत मिलाइएको छ । 

सिद्धबाबा मन्दिर पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको र बुटवलबाट करीब छ किलोमिटर उत्तरमा छ । महाशिवरात्रीका दिन नरेनापुर, सैनामैनाको बोलबमधाम लगायतका क्षेत्रमा पनि मेला लाग्ने भएकाले तयारी भइरहेको बताइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *