प्रधानमन्त्रीले शक्ति थोपर्ने काम गर्दैछन्ः पूर्व रक्षामन्त्री प्रधान

 

चैत्र ११, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले सेना परिचालनसम्बन्धी विद्येयक तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । आइतबार सात्क्षात्कार कार्यक्रममा बोल्दै पूर्व रक्षा मन्त्री प्रधानले सरकारले प्रमुख प्रतिपक्षीसँग कुनै सल्लाह नगरेको दावि गरे । 

‘विद्येयकको भाषा हेर्दा प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक बस्न नसक्ने अवस्थामा सेना परिचालन गर्न पाउनेगरि ल्याईएको छ । यसलाई सच्याउनुपर्छ ।’ उनले भने–‘सेना यस्तो संयन्त्र हो, जोसँग हरेक सूचना हुन्छ । त्यसैले सुरक्षा परिषदको बैठक बस्न नसकेको खण्डमा प्रधानमन्त्रीले सेना परिचालन गर्ने भन्ने कुरा नै गलत छ ।’प्रधानले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गरेर आफूमा शक्ति थोपर्ने काम गरिरहेको टिप्पणी गरे । उनले भने,‘भोलि प्रधानमन्त्री त्यस्तै कडा खालको पर्नुभयो भने सेना परिचालन गर्नेबारे के हुन्छ ? अहिलेका प्रधानमन्त्रीले पनि अधिकार एकीकृत गरिरहनु भएको छ । राजश्वदेखि लिएर राष्ट्रिय अनुसन्धानलाई आफू मातहात ल्याउनु भएको छ, अब अन्तिम हतियार भनेको सेना हो ।’ 

null

आफूहरुले उक्त विद्येयकलाई धेरै कुरा विचार गरेर रोकेको दाबी गर्दै प्रधानले भने–‘विषम परिस्थितिमा सेना परिचालन गर्ने भन्ने अनि सुरक्षा परिषदको बैठक बस्न नसकेको अवस्थामा प्रधानमन्त्रीले सेना परिचालनको लागि मन्त्रिपरिषदमा प्रस्ताव गर्ने भनिएको छ, यो गलत कुरा हो ।’ उनले सेना परिचालन जस्तो महत्वपूर्ण विषयमा सरकारले प्रमुख प्रतिपक्षी दलसँग सल्लाह नै नगरेको जिकिर गरे । उनले भने,‘यस्तो विषयमा हामीसँग सरसल्लाह गर्नुपर्दथ्यो ।’ उनले नेकपाका नेता सोम पाण्डेले भनेजस्तो सेना परिचालन विद्येयक २ वर्ष पहिले कांग्रेसको पालामा नै ल्याईएको भन्ने कुरामा सत्यता नरहेको जिकिर गरे । 

उनले थपे, ‘संघीय कानून नै बनेको छैन, अहिले प्रधानमन्त्रीलाई अप्रत्यक्ष रुपमा अधिकार दिन खोजिएको छ । हामीलाई यो कुरा मान्य छैन् । विद्येयक संशोधन गर्नुपर्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *