नेपाली चलचित्र ‘साईली’ चैत्र १५ गतेबाट देशैभर लाग्ने 

 

फागुन २६, धरान ।  नाटय क्षेत्राट ठुलो पर्दामा छाउन सफल नायक दयाहाङ राई अभिनित नेपाली चलचित्र साईली यहि चैत्र १५ गतेबाट देशैभरी प्रर्दशनमा आउँने भएकाे छ । पहिलो पटक चलचित्र प्रमोसनका लागि धरानमा पत्रकार सम्मेलनको आयोजना गरेका चलचित्र टीमले सो कुरा जानकारी दिएका छन् । 

निर्माता तथा कलकार गौरव पहारी समेतको अभिनय रहेको सो चलचित्रको नयँ गीत ‘प्याट प्याटे’ यसअघि नै सार्वजनिक भईसकेको छ । गीतमा सुशान्त गौतमको संगीत र एकल आवाज रहेको छ भने हर्क साउदको शब्द रहेको छ । चलचित्रमा दयाहाङ राई,गौरव पहाडीसँगै मेनुका प्रधान र केनिपा सिंहलाई फिचर गरिएका छ भने चलचित्रमा प्रकाश घिमिरे, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुष्मा निरौला लगायतको पनि अभिनय रहेको छ । 

null

राम बाबु गुरुङको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा विशाल गुरुङ र मोहन राना मगरको निर्माण रहेको छ । चैत्र १५ गतेबाट प्रर्दशनममा आउँन लागेको चलचित्रको साईली टिम यतिबेला पूर्व आईपुगेका छन । प्रचार प्रसार ब्यापक बनाउन चलचित्रका तर्फबाट निर्माता तथा नायक गौरब पहाडी नायीका मेनुका प्रधान र अभिनेता दयाहाङ राई उपस्थित छन । 

गायक हेमन्त राणको चर्चित गीत सुन साईली नामलाई सापटी लिई यो चलचित्र निर्माण भएको चलचित्र निर्माण पक्षले जनाएका छन । साईली गीतमा गौरब र मेनुका नै फिचर थिए भने चलचित्रमा यहि जोडी नै मुख्य भुमिकामा रहेका छन । गीतले बैदेशिक रोजगारीमा गएको श्रीमान् र गाउँमा श्रीमानको प्रतिक्षा गरेर दिन काटीरहेकी श्रमिती बीचको प्रेममा बुनिएको थियो भने सोही गीतको मर्मलाई नै चलचित्रको मुख्य पाटो बनाइएको छ । 

तर चलचित्रमा भने श्रीमान् बैदेशीक रोजगारीमा जानु अघिको कथालाई उठान गरिएको छ । यसलाई गायक हेमन्त राण र अभिनेता गौरब पहाडीले मिलेर निर्माण गरेका हुन । माओत्से गुरुङ प्रकाश घिमिरे अरुण कार्की लगायतका कलाकारहरुले पनि अभिनय गरेको यस चलचित्रमा बिशाल गुरुङ र मोहन राण मगर निर्माता रहेका छन । करौडौँको लगानीमा निर्माण भएको चलचित्रर्को ४५ दिन लागाएर सैलेन्द्र डी कार्कीले छायाङकन गरेका छन् भने चलचित्रको कार्यकारी निर्माता मणीराम पोखरेल रहेका छन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *