च्याम्पियन्स लिग: पीएसजीलाई हराउँदै म्यान्चेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । च्याम्पियन्स लिगको क्वारफटाइनलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड प्रवेश गरेको छ । बुधबार राति भएको च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सको पेरिस सेन्ट जर्मेन क्लब पीएसजीलाई ३–१ गोल अन्तरले पराजित गरेसँगै म्यान्चेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

पहिलो लेगमा पीएसजीले म्यान्चेस्टर युनाइटेडलाई २–० गोलअन्तरले पराजित गरेको थियो । तर दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्दै ३–१ गोलअन्तरले पीएसजीलाई म्यान्चेस्टर युनाइटेडले पराजित गरेपछि सम्रगमा दुवै टिमको ३–३ गोल भएको थियो । यस्तो अवस्थामा अवे गोलको आधारमा म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । 

 

null

यता, पीएसजी भने च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । दोस्रो लेगको खेलमा पीएसजीलाई ३–१ गोलअन्तरले पराजित गर्ने क्रममा रोमेलु लुकाकुले दुई गोल गर्दा मार्कुस राष्फोर्डले एक गोल गरे । पीएसजीका लागि जुहान बेर्नाटले एक गोल फर्काएका थिए । 

खेलको दास्रो मिनेटमा नै म्यान्चेस्टर युनाइटेडका रोमेलु लुकाकुले गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको १२ औं मिनेटमा बेर्नाटले गोल गरेपछि पीएसजीले १–१ गोलको बराबरी बनाएको थियो । ३० औं मिनेटमा लुकाकुले दोस्रो गोल गर्दै आफ्नो टिम म्यान्चेस्टर युनाइटेडलाई २–१ गोलको अग्रता दिलाए । 

 

पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्नका लागि अझै एक गोल गर्नु नै पर्ने थियो । खेलको ९० औं मिनेटसम्म पनि पीएसजी नै सम्रगमा अघि थियो । पीएसजीका खेलाडी पनि आफ्नो टिम क्वाटरफाइनलमा पुग्नेमा ढुक्क थिए । त्यसैले यही नतिजामा खेल अन्त्य गर्न चाहन्थे । तर खेलको इन्जुरी टाइममा म्यान्चेस्टर युनाइटेडले पेनाल्टी पायो । 

भिडियो एसिस्टेन्ट रेफ्रीले म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी दिएपछि राष्फोर्डले गोल गर्दै आफ्नो टिमलाई ३–१ गोलको जीत मात्रै नभई क्वाटरफाइनलमा नै पुर्‍याए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =