रियल मड्रिड एल क्लासिकोमा बार्सिलोनासँग पराजित

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडलाई पराजित गरेको छ । शनिबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा इभान राकिटिकले गरेको गोल निर्णायक बन्यो ।
रियललाई आफ्नै घरेलु मैदानमा बार्सिलोनालाई पराजित गर्न अवसर थियो । तर उसको अवसर पूरा हुन सकेन । खेलको २६ औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा खेल रक्षात्मक खेल्दै आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो ।
null
शीर्ष स्थानमा रहेको बार्सिलोनाले जितसँगै २६ खेलबाट ६० अंक बनाएको छ । पराजित रियलको भने २६ खेलबाट ४८ अंक छ । ला लिगा लिगअन्तर्गत शनिबार राति नै भएका अन्य खेलमा स्पानियोलले रियल भ्यालडोलिडलाई ३-१ ले, अलभेसले भिलारियललाई २-१ ले र ले अलभेसलाई हुइस्काले सेभियालाई २-१ गोलअन्तरले पराजित गरेको छ ।








