चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त
२०७५ चैत ८ गते

चैत ७, काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
null
तत्कालिन अध्यक्ष निकिता पौडेलले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो।
केशव भट्टराई निर्माता संघका वरिष्ठ उपाध्यक्ष तथा फिल्म् निर्माता हुन् । नेकपा निकट चलचित्र क्षेत्रका सल्लाहकार संयोजक दिनेश डिसी र नेकपाको जनसाँस्कृतिक संघको तर्फबाट अध्यक्ष खगेन्द्र राईले चलचित्र बोर्डको अध्यक्ष बनाउन सिफारिस गरेका थिए ।
२०७५ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित








