ट्रक दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

मुग्लिन, ५ चैत । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १४४ नंको ट्रक नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । 

दुर्घटनामा परी अन्य चार घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । घाइतेमध्ये दुई महिला रहेका छन् । प्रहरीका अनुसार मृतकको परिचय खुलेकोे छैन । ट्रक पुलबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो । 

 

null

दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 20 =