…जो बने प्रेरणा र हाैसलाका पात्र

 

चैत १०, काठमाडौँ । आजबाट यस वर्षको माध्यमिक परीक्षा (एसईई) सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा चलिरहेको छ । परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार तीन परीक्षार्थी सहभागी छन् । 

परीक्षा हलमा प्रेग्नेन्ट महिलादेखि दुई–तीन महिनाको बच्चालाई काखी च्यापेर एसईई दिन आउनु हाम्रो लागि सामान्य नै भइसकेको छ । तर यो वर्ष भने सांसददेखि नायिकासम्म एसईई दिन धाएकाले सबैको चासोको विषय बनेको छ, एसईई । 

null

कलिउडकी सदावहार नायिका करिश्मा मानन्धर र प्रतिनिधि सभाकी सांसद शान्ता चौधरी परीक्षा दिन परीक्षा हलमा पुगेसँगै उनीहरुको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । उनीहरुको मात्रै होइन, यो पटक कागेश्वरी मनोहरा बस्ने ६७ वर्षीया युगमाया कार्कीको पनि चर्चा उत्तिकै छ । उनी पनि एसईई दिँदैछिन् । सबैले उनीहरुलाई प्रेरणा तथा हौसलाका स्रोतका रुपमा लिएका छन् । पढ्नका लागि उमेरले छेक्दैन भन्ने उदाहरण पनि हुन् उनीहरु । 

नियमिततर्फ महेन्द्र आधारभूत विद्यालय, तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययनरत चौधरी तुलसीपुरबाट एसईई दिँदैछिन् भने त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतिदेवीमा अध्ययन गरेकी करिश्मा विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार केन्द्रबाट अहिले परीक्षा दिइरहेकी छन् । उनीहरु दुवै पीएचडी गर्ने लक्ष्यमा छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =