सामाजिक सन्जालमा लिम्बुवान स्प्रिङका कुरा

अहिले सामाजिक सन्जालमा लिम्बुवान स्प्रिङ आन्दोलनको कुरा हुँदा कतिले यस आन्दोलनलाई फेसबुके आन्दोलन भनिरहेका छन् भने कतिले फिस्टाहरुले चलाएका आन्दोलन भनि रहेका छन् अनि कतिले सामाजिक सन्चालमा आन्दोलको रोमान्टीनिजम भनेर भनिरहेका छन् । यस्तो अवस्थामा मलाई केहि कुराहरु राख्न मन भयो । 

मलाई लाग्छ सुचना प्रविधिको विकासले मानिसलाई सुचना आदान प्रदान र सन्चारको अनुभुतिमा रुपान्तरण गरिसकेकोछ । अहिलेको सुचना र सन्चारको युगमा एक शक्तिशाली माध्यम सामाजिक सन्जाल हो । Castells (2012), Bennett & Segerberg (2012,2013),र Margetts (2016) विद्धानहरुले सामाजिक सन्जाल प्रयोगकर्ताहरुको कृयाशिलताले कुनै पनि राजनीतिक वा सामाजिक आन्दोलनका कृयाकलापका आधारहरु रुपमान्तरण भई रहेको छ भेर उल्लेख गरेका छन् । 

सामाजिक सन्जालका प्लेटफर्मले आन्दोलनको परिचालन, संगठन र सन्चार गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्दछ भनेर उल्लेख गरेका छन् । यसर्थ सामाजिक सन्जालले म मात्र होइन, हामी मात्र होइन, हामी जस्तै अरु पनि छन् भन्ने भावानाको महसुस गराउँछ । साझा मुल्य र मान्यतामा एकिकृत हुन मदत गर्दछ । यसले बिचार निर्माण गर्न, संगठन गर्न र परिचालन गर्नमा ठुलो मद्दत गर्दछ । 

null

 

विजय लिम्बु 

नेपाल लगायत विश्वमा पछिल्लो अवधिमा सबै भन्दा छिटो विकास भएको भनेको सुचना र सन्चार हो नै हो । वर्तमान अवस्थामा सबैको हातमा स्मार्ट फोन भएको अवस्थामा र अनलाइन इन्टरनेट डाटाको पहुँचले आन्दोलन इन्टर नेट र जमीन दुबै क्षेत्रमा हुन सक्दछ । सवाल मात्र कति फराकिलो रुपमा सामाजिक सन्जालले सगठन र सन्चारको सन्देश प्रवाह गर्न सक्दछ । आन्दोलन र कृयाकलापको सुचना दिन, आन्दोलनहरुको फोटोहरु संप्रेषण गर्न, जनमत निर्माण गर्न, विचारहरु सेयर गर्न र संगठन गर्न यो सामाजिक सन्जालले मदत गर्दछ । सामाजिक सन्जालको मदतले नै अरब स्प्रिङ, अक्कुपाइ वाल स्ट्रिट र गेजी पार्क प्रदर्शन जस्ता आन्दोलनहरु शिखरमा पुगेको थियो । 

अहिले मुलधारका सन्चार माध्यमहरुबाट लिम्बुवानका मुद्धा प्रति विभेद गरिँदा सामाजिक सन्जाल नै एक विकल्पको रुपमा रहेकोछ । लिम्बुवानमा भएको संस्कृतिकरण, वहिष्करण र विलीनीकरणले समग्र लिम्बुवानको पहिचान नै संकटमा परिरहेको अवस्थामा यो लिम्बुवान स्प्रिङ आन्दोलनलाई एक सन्जीवनीको रुपमा लिनु पर्दछ । लिम्बुवानको यो आन्दोलनमा सबै पक्ष तह तप्काबाट सहयोग र सुझाव प्राप्त हुँदा लिम्बुवान आन्दोलन अझ अगाडी बढ्न सक्ला । 

१. सामाजिक सन्जालमा लिम्बुवान प्राप्तीको लागि भएका आन्दोलनका गतिविधिहरुका फोटो र लेखहरु सेयर गर्न सक्छौं । २. लिम्बुवानमा भएका सामाजिक, साँस्कृतिक, धार्मिक विभेदका घटनाहरुको तस्वीर, लेख, सुचनाहरु सेयर गर्न सक्छौं । ३. लिम्बुवान प्राप्तीका गोष्ठी, भेला, बैठकहरुको सुचनाहरु आदान प्रदान गरी सहभागी जनाउन सक्छौं । ४. लिम्बुवान प्राप्तीका गतिविधिहरुलाई व्यापक प्रचार प्रसार गर्न सक्छौं । 

यति गर्यौं भने पनि लिम्बुवान आन्दोलनले एक दिशा ग्रहण गर्न सक्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *