चितवनमा राइनोकुञ्ज पर्यटन मेला हुने

चैत १५, चितवन । पर्यटन वर्ष २०२० लाई लक्षित गरी चितवनको भरतपुर १३ मा राईनोकुञ्ज पर्यटन मेला हुने भएको छ । ‘राइनोकुञ्ज हाम्रो शान, पर्यटन बिकास हाम्रो अभियान’ भन्ने नाराका साथ यही चैत ३० गतेदेखी तीन दिने पर्यटन मेला हुन लागेको हो । 

शुक्रबार आयोजक भरतपुर वडा नं. १३ ले पत्रकार सम्मेलन गरी सोको जानकारी दिएको छ । मेलाको तयारीका बारे जानकारी दिदै वडाध्यक्ष एवंम् मेला संयोजक प्रकाश दुवाडीले पर्यटन मेलाले पर्यटन वर्ष २०२० लाई टेवा पुग्ने दावी गरे । 

सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सवै मिलेर सहयोग गर्नुपर्छ मेला संयोजक दुवाडीले भने–‘राईनोकुञ्ज पर्यटन मेलाले पनि केही हद सम्म पर्यटन पर्वद्धनमा टेवा पुग्नेछ ।’ करिव १ लाख दर्शकले अवलोकन गर्ने मेलामा करिव एक सय भन्दा बढी स्टल रहने संयोजक दुवाडीले बताए । 

null

 

भरतपुर महानगरपालिका १३ राइनोकुञ्जको खेल मैदान उज्ज्वल चोकमा हुने मेलामा स्थानीय कला सस्कृतिलाई समेत स्थान दिनका लागि केही बिशेष स्टल रहने छ । मेलामा ऐतिहासिक एवम धार्मिक स्थलको अवलोकन, जिप सफारी, जंगली जनावरको अवलोकन, डुङ्गा सयर, विभिन्न जातजातिका झाकी प्रर्दशन, स्थानीय परिकारको स्वाद लिन सकिने छ । यसैगरी मेलामा प्रतियोगितात्मक खेलकुद प्रतियोगिता, दैनिक योगा लगायत रहने छ । 

यसरी रह्यो राईनोकुञ्ज  

साविक पटिहानी गा.वि.स.को २ वटा वाडहरु वडा नं.७ ब्रह्मपुरी र वडा नं.८ गंगानगर तथा गीतानगर गा.वि.स.को तीन वटा वडाहरुमा वडा नं.१ उज्ज्वलनगर, वडा नं.२ चम्पानगर रवडा नं.३ पृथ्वीनगर समावेश गरी हालको भरतपुर महानगरपालिका वडा नम्बर १३ राइनोकुञ्ज बनेको छ । 

यसको पूर्वमा वरण्डाभार जंगल, पश्चिममा भरतपुर २२ र १४ नं. वडाहरु, उत्तरमा भरतपुरमहानगरपालिका वडा नं.६ र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज र राप्ती नदी किनार रहेको छ । हालको वडा नम्वर १३ क्षेत्र वरण्डाभार, निकुञ्ज र राप्ती नदिसंग जोडिएकाले यो ठाउँ गैडाको उपयुक्त वासस्थान हो । 

यहाँ एकै ठाउँमा ६,७ वटा सम्म गैडा देख्न सकिन्छ । यस क्षेत्रका वस्तीमै गैडा पसेर स्थानीयलाई दुख समेत दिने गरेपनि स्थानीयले गैडाको संरक्षण नै गरिरहेका छन् । गैडा नेपालकै शान भएकाले यसकै नामबाट राईनोकुञ्ज राखिएको भरतपुर १३ का वडाध्यक्ष प्रकास दुवाडी बताउँछन् । गैडाको संरक्षणकै लागि विभिन्न संघसंस्थाको सहयोगमा ताल वृद्धी गर्दै लगिएको, घाँसे मैदान थप गरिदै लगेको वडाध्यक्ष दुवाडीले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *