महिला साफ च्याम्पियनसिपका लागि खेलाडी प्रशिक्षणमा व्यस्त

 

फागुन २४,  विराटनगर ।  आगामी फाल्गुन २८ गतेदेखि हुन लागेको साफ महिला च्याम्पियन्सीप फुटबलकालागि खेलाडीहरु प्रशिक्षणमा ब्यस्त भएका छन् । विराटनगरको सहिद रङ्शालामा हुने पहिलो उद्घाटन खेलमा घरेलु टोली नेपालसँग भुटानले सामाना गर्दैछ । 

विराटनगरको दिल्ली पब्लिक स्कुलमा अहिले खेलाडीहरुलाई राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले प्रशिक्षण दिइरहेका छन् । खेलाडीलाई मानसिक तथा शारिरिक रुपमा पुर्णरुपमा तन्दुरुस्तीका लागि तयारीमा जुटिसकेको मुख्य प्रशिक्षक खड्काले जानकारी दिए । 

null

घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसीपका लागि यसपटक खेलाडीहरुलाई तिव्र तयारीका साथ प्रशिक्षण दिइएको खड्काले बताए । खेलाडीहरु पनि अन्तिम तयारीमा जुटिसकेका छन् । यस पटकको उपाधी जित्ने धेरै आधार भएका कारण घरेलु टिम पुर्ण तयारीमा रहेको खड्का बताउँछन् । 

यस अघि भएका प्रतियोगिताहरुमा नेपाल ३ पटक फाईनल र १ पटक सेमीफाईनलमा पुगेको थियो । नेपाली टोली यस पटक भने उपाधी कब्जा गर्ने दाउमा छ । पहिलो पटक विराटनगरमा हुन लागेको अन्तराष्ट्रिय फुटबल प्रतियोगिता विराटनगरको खुशीको बिषय भएकोले खेल क्षेत्रका व्यक्तिहरु उत्साहित छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *