म्यानमारमा आक्रमण हुँदा नौ प्रहरीको मृत्यु

फागुन २६, याङ्गुन ।  प्रहरी कार्यालयमा भएको आक्रमणमा परी म्यानमारमा कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ । म्यानमारको राखिन राज्य अन्तर्गत पर्ने पोन्नाग्युनमा रहेको प्रहरी कार्यालयमा शनिबार आक्रमण भएको अधिकारीले आइतबार जनाएका छन् । 

स्थानीय समयानुसार बिहान ११.२० मा भएको यस आक्रमणमा परी अरु दुई जना घाइते भएका प्रहरीको भनाइ छ । उक्त आक्रमण यो ता योके भन्ने ठाउँमा रहेको प्रहरी कार्यालयमा भएको थियो । सो आक्रमण झण्डै डेढ घण्टासम्म जारी रेहको थियो । 

प्रहरीका एक जना उच्च अधिकारीले दिएको जानकारीअनुसार अराकान आर्मीले प्रहरी कार्यालयमा आक्रमण गरेको हो । आक्रमणकारीले केही हातहतियार समेत लिएर भागेका राखिन राज्यको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मारिएका मध्ये अधिकांश अधिकृत स्तरका प्रहरी रहेका समाचारमा जनाइएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *