आज तराई क्षेत्रमा होली मनाइँदै, जनकपुरमा भोलि मनाइने

काठमाडौं, ७ चैत्र । आज तराई मधेश क्षेत्रमा होली मनाइँदै छ । पहाडी भूभागमा होलिका दहनअघि नै होली मनाउने चलन भए पनि तराईमा भने पूर्णिमाको रातको अन्तिम प्रहरमा ‘होलिका दहन’ गरेपछि भोलिपल्ट मनाउने परम्परा छ । 

‘होलिका दहन’ को दिन राति गाउँ टोलका मानिसहरु आ आफ्नो घरमा पाकेका परिकार, काठ दाउरा र खेतबारीमा लगाइएका अन्नबालीको केही अंश लिएर जम्मा हुने गर्छन् । परिकार, काठ दाउरा र अन्नबालीलाई एक ठाउँमा राखी त्यसमा आगो लगाई ‘होलिका दहन’ गरिन्छ । 

 

null

‘होलिका दहन’ भइसकेपछि मानिसहरू होलीको गीत गाउँदै आ–आफ्नो घर फर्किन्छन् । तराई मधेशमा ‘होलिका दहन’ नभएसम्म कसैले कसैलाई रङ अबिर लगाउन नमिल्ने विश्वास गरिन्छ । यो पर्वमा रङ अबिर लगाई मान्यजनबाट आशीर्वाद समेत लिइन्छ । 

जनकपुरमा भने शुक्रबार मात्र होली मनाइँदैछ । १५ दिने मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालु जनकपुरको अन्तरगृह प्रवेश गरेको भोलिपल्ट जनकपुरमा होली मनाउने परम्परा छ । माध्यमिकी परिक्रमा बुधबार जनकपुरस्थित बाह्रबिघामा समापन भएको छ । बिहीबार अन्तरगृह परिक्रम सकिएपछि शुक्रबार होली मनाइने जानकी मन्दिरका सहमहन्थ रामरोशनदास वैष्णवले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =