‘दुश्मनलाई भारतको डर’

 

फागुन २०, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बितेका दिनहरुमा भारतमा विदेश नीतिको प्रभाव देखिएको बताएका छन् । 

इण्डिया टुडे कन्केलभमा मोदीले भनेका छन्, ‘आजको भारत नयाँ भारत हो, बदलिएको भारत हो । हाम्रो लागि एक–एक वीर जवानकाे रगत अमूूल्य छ ।’ 

null

‘पहिले जति नै मान्छे मरे पनि के हुन्थ्यो ? जवान शहीद भए, सायद कुनै ठूलो कारवाही हुन्थ्यो । तर अब कसैले भारतलाई गिद्धे नजर लगाउने हिम्मत गर्न सक्दैन । हाम्रो सरकार हरेक फैसला लिनका लागि प्रतिबद्ध छ ।’ 

प्रम मोदीले आजको नयाँ भारत निडर, निर्भिक र निर्णायक भएको पनि बताए । उनले भने, ‘देश सवा सय करोड भारतीयका साथ अघि बढिरहेको छ । भारतीयहरुको एकजुटताले देशभित्र र बाहिर देश विरोधी मानिसहरुमा डर पैदा गरेको छ ।’ 

मोदीले थप्दै भने, ‘म घरभित्र र बाहिर दुवैको बारेमा भन्दै छु । दुश्मनमा भारतको पराक्रमको डर हुनु एकदमै राम्रो हो । उनले देश सेनाको साथ काँधमा काँध मिलाएर खडा भएको समयमा केही मानिसहरुले यसमा पनि शंका गरिरहेको बताए । 

‘यी मानिसहरु मोदीको विरोध गर्दा गर्दै देश विरोधतिर उत्रिएका छन् । देशलाई नै नोक्सान पुगेको छ । म यस्ता सबै मानिसहरुलाई सोध्न चाहन्छु, तपाईंहरुलाई हाम्रो देशको सेनाको सामथ्र्यमाथि विश्वास छ या सन्देह ?’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =