द ब्रिटिश कलेजको लापरवाहीको कारण मेरो छोराको ज्यान गयोः महेन्द्र श्रेष्ठ (भिडियाे सहित)

काठमाडौं, २५ फागुन । सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिश कलेजले लिनुपर्ने स्पष्ट पारेका छन् । उनले भने,‘कलेजको लापरवाहीकै कारण मेरो छोराको निधन भएको हो । त्यसैले कलेजले जिम्मेवारी लिनुपर्छ ।’ 

श्रेष्ठले द ब्रिटिश कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत आफ्नो छोरा गौरव श्रेष्ठको यही फागुन २ गते दुवई शैक्षिक भ्रमणको क्रममा निधन भएको भनेर काठमाडौंस्थित् द ब्रिटिश कलेजका एक जना शिक्षकले सुनाएको जनाए । उनले भने,‘मेरो छोरा कलेजको टुरमा दुवई गएको थियो । तर, दुवईमै निधन भएको दुःखद् खबर कलेजका एक जना शिक्षकले ९८०११३४२०३ मोवाईल नम्बरबाट फोन गरेर सुनाउनुभएको हो ।’ 

 

null

छोराको निधन भएको भोलिपल्टै आफू घरबाट काठमाडौं आएको र कलेज प्रशासनसँग कुरा गर्दा उनीहरुले भ्रमणमा सहभागी कलेज प्रशासनका व्यक्तिहरुबाट ठूलो गल्ती भएको भनेर स्विकार गरिएको पनि स्पष्ट पारे । 

दुवईमा आफ्नो छोरा हराएको ८ घण्टा पछिमात्रै कलेजबाट भ्रमणमा सहभागी सदस्यहरुले खोजि गर्नु नै रहस्यमय भएको उनको दाबी छ । उनले भने,‘मेरो छोरा हराएको घण्टौं पछिमात्रै खोजि भएको कुरा बाहिर आएको छ, यो अत्यन्तै दुःखदायी कुरा हो । घट्ना घटेको अन्दाजी ८ घण्टापछि मात्र मेरो छोराको खोजी गर्नु मलाई नाटकीय लाग्छ ।’ 

उनले भ्रमण तालिकामै नभएको स्विमिङ कार्यक्रममा विद्यार्थीहरुलाई कलेजले किन सहभागी गरायो ? भन्दै प्रश्नसमेत तेर्साए । उनले आफूले छोराको शब नबुझ्दासम्म कलेजले निकै चासो देखाएको तर, दाहसंस्कार गरिसकेपछि कुनै वास्ता नगरेको पनि दुःखेसो पोखे । 

उनले अघि थपे,‘वास्ता त गरेन गरेन, कलेजले ममाथि उल्टै अभद्र व्यवहार गर्यो । अपशब्द बोल्यो ।’ उनले कलेजकै लापरवाहीका कारण आफ्नो छोराले अनाहकमा ज्यान गुमाएको आरोप लगाए । उनले भने,‘यस सम्बन्धमा प्रहरी परिसर, टेकु, काठमाडौंमा जाहेरी गरि सक्दापनि प्रहरी प्रशासनबाट कुनैपनि चित्त बुझ्दो पहल भएन् । मलाई यसमा दुःख लागेको छ ।’ 

भ्रमण दलमा सहभागी कलेजका म्याम रिना श्रेष्ठ र नविना महर्जनको र आफ्नो छोरासँगै समुन्द्रमा पौडी खेल्न गएका साथी निषेश सुवेदीको बयान नै फरक–फरक देखिएको पनि सुनाए । 

उनले कलेजको जिम्मेवार व्यक्ति सिईओ नरेन्द्र कँडेल हाल लण्डनमा रहेको सुनाउँदै तुरुन्त काठमाडौं आई आफूसँग सम्पर्क गरि छलफल गर्नुपर्ने माग गरे । उनले भने,‘कलेजले मसँग तत्काल वार्ता तथा छलफल गर्नुपर्छ । सिईओ अहिले लण्डनमा हुनुहुन्छ । उहाँले मसँग तत्काल छलफल गर्नुपर्छ ।’ 

उनले द ब्रिटिश कलेजले व्यापारीकरणको नाममा विद्यार्थीहरुलाई विदेश भ्रमणमा लैजाने गरेको पनि सुनाए । उनले थपे,‘यसतर्फ राज्यले विशेष ध्यान पुर्याउनुपर्छ । कलेजले विद्यार्थीहरुसँग मोटो रकम असुलेर यसरी व्यापारीकरण गरिरहेको छ । यस्तो कलेजको अनुमतिपत्र नै खोस्नुपर्छ । यतातर्फ सरकारको यथाशिघ्र ध्यान जाओस् ।’ 

आफ्नो छोराको शव घर पठाउँदासमेत कलेजले लापरवाही गरेको उनले आरोप लगाए । उनले सुनाए,‘सुरुमा कलेजले छोराको शब पठाउँछु भन्यो, तर पछि कलेजले फोन गरेर शब बाहनको पैसासमेत मलाई तिर्न भन्यो । पैसा तिर्नु ठूलो कुरा होईन, तर कलेजले अमानवीय व्यवहार देखायो ।’ 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *