प्रदेश स्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन विराटनगरमा सुरु

फागुन १८, विराटनगर । राष्ट्रिय युवा परिषद्को आयोजनामा शुक्रबारदेखि विराटनगरमा दुई दिने प्रदेश स्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन सुरु भएको छ । 

युवाहरुलाई विज्ञान तथा अनुसन्धानमा उत्प्रेरित गर्ने उद्देश्यले आयोजित सम्मेलनको उद्घाटन गर्दै प्रदेश नम्बर एकका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले जिवन उपयोगि अनुसन्धान गर्नु पर्नेमा जोड दिए । विश्वविद्यालयका विद्यार्थीहरुले अहिलेसम्म गरेका अनुसन्धान औपचारिकतामा मात्रै सिमित हुँदा विश्वविद्यालयका पुस्तकालयमा मात्रै थन्किएको उनले बताए । 

कार्यक्रममा बोल्दै युवा परिषद्का अध्यक्ष माधवप्रसाद ढुङ्गेलले सुखी नेपाली सम्बृद्ध नेपालको परिकल्पना पूरा गर्ने आधार नै विज्ञान र प्रविधि भएकाले राज्यले यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । विद्यार्थीहरुले औपचारिकताका लागि मात्रै अनुसन्धान गर्ने गरेको बताउँदै उनले राज्यले अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने र त्यसमा लगानी समेत गर्नुपर्ने बताए । गुणस्तरीय र उपयोगि अनुन्धानका लागि युवा परिषद्ले बजेट समेत छुट्याएको उनले जानकारी दिए । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *