चितवनमा पहिलोपटक ५ दिने फिल्म मेकिंग तालिम हुँदै

चितवन, २७ फागुन । विकल्प एन अल्टरनेटिभ, चितवनको स्मार्ट स्टार्टअप र प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सको संयुक्त आयोजना र समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा ५ दिने फिल्म मेकिंग तालिमको संचालन हुन गइरहेको छ । 

उक्त कार्यक्रमलाई तिन चरणमा बिभाजन गरिएको छ । पहिलो चरणमा सहभागीहरुलाई ५ दिने आवासीय तालिम दिइने छ, जसमा फिल्म बनाउने आधारभूत बिषयमा बिस्तृत जानकारी दिइने छ । 

दोश्रो चरणमा सहभागीहरुलाई चार समुहमा विभाजित गरि छोटो समयको सिनेमा निर्माण गर्नको निम्ति फिल्डमा पठाइने छ भने, अन्तमा सहभागीहरुले तयार गरेको सिनेमालाइ दर्शकमाझ प्रस्तुत गरिने छ । 

null

 

उक्त कार्यक्रममा सहभागी हुनको निम्ति इच्छुक आवेदकले आबेदन फर्म भर्नुपर्ने छ, जसको आधारमा २४ जना सहभागीहरुलाई तालिमको निम्ति छनौट गरिने छ । छनौटमा परेका सहभागीहरुले दर्ता शुल्क स्वरूप १५०० रुपैया बुझाउनु पर्नेछ । 

फर्म भर्ने अन्तिम मिति पौष चैत्र ५ गतेसम्म रहेको छ भने, कार्यक्रम चितवनको प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सको प्रांगणमा चैत्र १० देखि १४ गतेसम्म संचालन हुनेछ । 

१८ बर्ष देखि ३० बर्षका युवाहरुले यस कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् । उक्त कार्यक्रममा सहभागीहरुलाई फोटोग्राफी, सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रशिक्षण दिइने कुराको जानकारी स्मार्ट स्टार्ट अपका निर्देशक बिशाल भट्टराईले दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *