डलरको भाउ घट्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं, २४ फाल्गुन । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७० पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ३० पैसा रहेको छ जुन हिजोको तुलनामा केहि घटेको हो । यस्तै, एक युरोको खरिददर १२६ रुपैयाँ ४० पैसा छ भने बिक्रिदर १२७ रुपैयाँ ०८ पैसा रहेको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रिदर १४७ रुपैयाँ ६० पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ छ भने बिक्रिदर १० रुपैयाँ ०६ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६८ पैसा र बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६७ रुपैयाँ ४५ पैसा र बिक्रिदर ३६९ रुपैयाँ ४२ पैसा रहेको छ । 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *