पि एस आर एनद्वारा निःशुल्क ‘स्कृनिङ क्याम्प’

चैत्र ३, धरान । विश्व मृगौला दिवस अर्थात मार्च १४ को अवसरमा मार्च १६ का दिन सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल ‘पि एस आर एन’ विद्यार्थी एकाइ धरानले के एच डि सि धरानको सहयोगमा सुनसरीको चतरामा निःशुल्क ‘स्कृनिङ क्याम्प’ आयोजना गरेको छ ।  

निःशुल्क ‘स्कृनिङ क्याम्प’ मा मृगौलाको जाँचको निम्ति रगत र पिसाबको जाँच गरिएको थियो । सँगै रगतमा चिनिको मात्रा र उच्च रक्तचापको पनि निःशुल्क जाँच गरिएको थियो । क्याम्पमा ११५ जना सर्वसाधारणको स्वास्थ्य जाँच गरिएकोमा ७ जनाको पिसाबमा क्रेटिनिनको मात्रा बढेको पाइएको थियो । 

यसैगरी १४ जनामा मधुमेह भेटिएकोमा १० जना औषधि खाएर नियन्त्रणमा रहेको पाएको थियो । निःशुल्क ‘स्कृनिङ क्याम्प’ मा आएका १९ जनामा उच्च रक्तचाप रहेको र त्यसमध्ये १५ जनाले औषधी समेवन गरिरहेको आयोजक पि एस आर एनका अध्यक्ष लोकेन्द्र अवस्थिले बताए ।  

null

 

‘स्कृनिङ क्याम्प’ मा बिरामी हरुलाई उच्च रक्तचाप, मधुमेह र मृगौलाको रोग, लक्षण अनि बच्ने उपाए सम्बन्धि जानकारी दिइएको थियो । यसका साथै मृगौंलाको रोग, उच्च रक्तचाप र मधुमेहको बारेमा पेम्पलेटहरु बितरण गरिएको संस्था कि सामाजिक स्वास्थ्य कार्यक्रम संयोजक अनुपा अर्यालले बताइन् । 

बिहान ८ देखि दिउँसो १२ बजे सम्म सञ्चालन गरिएको उक्त क्याम्पमा ११ जना स्वयम सेवक र १ जना डाक्टरका साथ २ जना सहयोगी गरि जम्मा १४ जना रहेका थिए । निःशुल्क ‘स्कृनिङ क्याम्प’ले समुदायलाई स्वास्थ्य सचेतना प्रदान गर्न सहयोग पुगेको थियो ।  

संस्थाका पब्लिक रिलेसन संयोजक हरि केसीले स्वास्थ सुविधा अनि स्वास्थ शिक्षाबाट बन्चित भएका समुदायलाई लक्षित गरि यस्ता कार्यक्रम सञ्चालन गर्ने बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *