छाउगाेठ मुक्त वडा अभियान सुरु

 

चैत्र ११, बाैनिया । कैलाली जिल्लाकाे बर्दगाेरिया गाउपालिका वडा नम्बर १ लाई छाउगाेठ मुक्त वडा निर्माण गर्ने कार्य साेमबार बाट अभियानकाे रुपमा सुरु भएको छ । 

बिशेषत सुदूरपश्चिम प्रदेशमा रुढीबादी परम्पराकाे रुपमा जडाे गरेर बसेकाे याे प्रथाले हरेक बर्ष अनाहकमा सयाैँकाे संख्यामा महिलाहरूले ज्यान गुमाउँदै आईरहेको यथार्थ लाई निर्मुल पार्न याे अभियान सञ्चालन गरिएकाे बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयरुप खतिवडाले बताए । 

null

साे अवसरमा बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ का सम्पूर्ण जनप्रतिनिधि सँगै विभिन्न महिला संगठन संग आबद्ध करिब १०० औँ काे संख्यामा वडा बसी महिलाहरुकाे सहभागिता रहेकाे थियाे । वडा अध्यक्ष खतिवडा का अनुसार साेमबारबाट सुरु भएको छाउगाेठ भत्काउने अभियान निरन्तर तीन दिन सम्म सञ्चालन हुने र त्यस पछि अनुगमनको कार्यले निरन्तरता पाउने खतिवडाले बताए । 

उनका अनुसार अभियान अर्न्तगत भत्काइएका छाउ गाेठ पुन निर्माण गर्ने घर धनी हरुलाई पहिलो चरणमा बिधुत सेवाबाट बञ्चित गराईने र पुन अटेर गरे वडा कार्यलयले प्रदान गर्ने सेवा सुबिधाबाट बञ्चित गराउने जानकारी दिए । साेमबारकाे अभियानमा करिब १९ छाउगाेठ भत्काइएकाे र त्यसमा घरधनिले सहयाेग पुर्याएकाे र त्यस मध्ये थाेरै बाधा उत्पन्न भएकाे वडा सदस्य बासना सिंहले बताइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *