चितवनको धर्मचोकमा आगलागी, लाखौंको क्षति भएको अनुमान

चितवन । चितवनको भरतपुर महानगरपालिका ४ लंकुस्थित धर्मचोकमा रहेको कवाडी संकलन केन्द्रमा गए राति आगलागी भएको छ । प्रदीप गुप्ताले सञ्चालन गरेको कवाडी संकलन केन्द्रमा गएराति साँढे १ बजे सुरु भएको आगो करिब चार घण्टाको प्रयासपछि बिहान ५ : २० बजे नियन्त्रणमा आएको चितवन प्रहरीले जनाएको छ । 

आगलागीबाट कवाडी संकलन केन्द्रमा संकलित कवाडी सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सञ्चालक घटनास्थल बाहिर रहेकाले के कति क्षति भयो भन्ने यकिन विवरण आउन नसके पनि लाखौँ मूल्य बराबरको सामान नष्ट भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए । 

राति आगलागी भएको देखेपछि स्थानीयले नजिकै डेरा गरी बस्ने कामदारलाई खबर गरेका थिए । ती कामदारले आगलागीबारे प्रहरीलाई जानकारी गराएका थिए । आगो लाग्नुको कारणबारे अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ । 

null

आगो नियन्त्रणमा लिन भरतपुर महानगरपालिकाको वारुणयन्त्र, मकवानपुरबाट झिकाएको अर्को वारुणयन्त्र सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *