इथियाेपियन विमान दुर्घटनाः यी हुन् मृत्यु भएकी नेपाली

 

फागुन २७, काठमाडौँ । इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमान दुर्घटनामा परी ज्यान गुमाएका नेपालीको पहिचान खुलेको छ । 

आइतबार एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा नेपालको गोरखाकी एकता अधिकारीको मृत्यु भएको हो । इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) कार्यालयमा कार्यरत उनी सोही कार्यालयको कार्यक्रममा भाग लिन आइतबार उक्त विमानमार्फत् नेराबी जाँदै गरेेकाे खुलेकाे छ ।  

null

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको ६ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएको विमान कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको थियो । 

 

विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ । 

विमानमा ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिक रहेको इथियोपियाली अधिकारीले बताएका छन् । 

त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना रहेका थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच तथा भारत र स्लोभाकियाका चार–चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ । 

विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना, इजरायल, मोरोक्को पोल्याण्ड र स्पेनका दुई–दुई जना रहेका छन् भने बेल्जियम, जिबोटी, इन्डोनेशिया, आएरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *