अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ४९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११३ रुपैयाँ ०९ पैसा रहेको छ जुन हिजोको तुलनामा केहि घटेको हो । यस्तै, एक युरोको खरिददर १२७ रुपैयाँ ४४ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ १२ पैसा रहेको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४८ रुपैयाँ ०१ पैसा र बिक्रिदर १४८ रुपैयाँ ८० पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १० पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०६ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६९ रुपैयाँ ९० पैसा र बिक्रिदर ३७१ रुपैयाँ ८८ पैसा रहेको छ । 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *