पक्राउ परेका श्री सुब्बालाई ७ दिनको म्याद थप

 

फागुन २०, धरान । मादकपदार्थ सेवन गरेर गाडी चलाउँदा दुर्घटना गराएका संघिय समाजवादी पार्टीका श्री सुब्बालाई थुनामा राख्न ७ दिनको म्याद थप भएको छ । शनिबार राती धरान १५ स्थित बगरकोटमा सुब्बाले चलाएको कार दुर्घटनामा मोटरसाइकलमा सवार दुई ब्यक्ति गम्भिर भएका थिए । 

इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ परेका सुब्बालाई प्रहरी सवारी अंगभंग अन्तरगत मुद्दा दर्ता गरिएकोमा जिल्ला अदालत सुनसरीले ७ दिनको म्याद थप गरेको हो । 

null

इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले आइतबार जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरेको बताए । शनिबार मध्यरातमा धरान १५ स्थित बगरकोटमा सुब्बाले चलाएको कार र मोटरसाइकल जुध्दा २ जना गम्भीर घाइते भएका थिए । सुब्बा संघीय युवा फोरमका सुनसरी जिल्ला अध्यक्ष हुन् । उनी यस अघि कर्तब्य ज्यान मुद्दामा जेल सजाय काटेर आएका थिए । उनलाई गुण्डागर्दी, धम्कीको समेत आरोप छ । 

शनिबार राती करिब साढे ११ बजे धरान १५ स्थित बगरकोटमा सुब्बाले चलाएको बा ७ प ७६३१ नम्बरको कार र को ९ प १०२९ नम्बरको मोटरसाइकल जुधेको थियो । ठक्करबाट मोटरसाइकलमा रहेका धरान ५ देउरालीका गौरव राजधामी र धरान १५ का रोहित राई गम्भीर घाइते छन् । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घाइते राजधामीको तीघ्रा भाँचिएको छ । यस्तै, राईको हत्केला खुस्किएको र छातीमा पनि चोट लागेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *