दोलखामा बस दुर्घटना: दुईको मृत्यु २५ जना घाइते

काठमाडौं, १ चैत्र । दोलखाको लामाबगरस्थित सिनो हाइड्रो कम्पनीको बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भने, २५ जना घाइते भएको प्रहरीले जनाएको छ । 

बा ४ ख ४५७३ नम्बरको भाडाको बस शुक्रबार बिहान करिब ७ः ४५ बजे बजे बिगु गाउँपालिका १ नयाँबाटोबाट करिब २५ मिटर तल खसेको दोलखाका प्रहरी नायब उपरीक्षक यज्ञनन्द शाहले जानकारी दिए । 

 

null

मृत्यु हुनेमा सुर्खेत चौकुने गाउँपालिका ३ का दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका ३ का हिराप्रसाद मिजार छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चरिकोट ल्याइँदै गरेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *