क्षेत्रीय होटल रेष्टुरेन्ट एन्ड एसोसिएसन नेपाल रेवान सौराहाको आफ्नै भवन बन्ने

 

फागुन २०,  चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको रेष्टुरेन्ट व्यवसायीहरुको साझा संस्था क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाको अब आफ्नो भवन बन्ने भएको छ । 

सौराहाको होटल सेभन स्टार नजिक संस्थाको १० धुर जग्गामा बन्ने नयाँ अत्याधुनिक भवनको शिलन्यास भएसगैँ आफ्नै नयाँ भवन बन्ने भएको हो । टस्ट सहितको पक्की दुई तले भवनको एक समारोहका विच धार्मिक परम्परा अनुसार संस्थाका अध्यक्ष गोर्कण गिरीले शिलन्यास गरेका थिए । 

null

गोर्खा बुअरीप्रा.लि. भवन निर्माणका लागि दिएको ३० लाख रुपैयाँ र बाकीँ आफ्ना सदस्यहरु तथा अन्य संस्थाको सहयोगमा ६० लाख रुपैया खर्च गरि नयाँ भवन बनाईने अध्यक्ष गिरीले बताए । 

रेवान हरेक बर्ष प्रेम दिवसको आयोजना पारेर सौराहा फुड फेष्टिवल गर्दै आएको छ । भने फेष्टिवलबाट बचेको रकम र सदस्यबाट सहयोग वापत आएको रकम उज्यालो सौराहा अभियानदेखि विभिन्न सामाजिक कार्य गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *