प्रधानमन्त्री ओलीका कारण यो अवस्थामा आइपुगेका छौँः सिके राउत

 

फागुन २४, काठमाडौँ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले नेपाललाई स्थिरतामा लैजानका लागि सरकारसँग सहमत भएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा नेता राउतले यस्तो बताएका हुन् । 

सरकारसँगको गोप्य वार्तापछि नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार्न सहमत भएका उनले प्रधानमन्त्री ओलीका कारण आन्दोलन टुंगिएको बताए । उनले आफूले सुरु गरेको आन्दोलनलाई सुरक्षित अवतरण गराउन भूमिका खेलेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिए । 

null

सरकारसँग भएको ११ बुँदे सहमतिपछि संयोजक राउतले लामो संघर्षलाई आफूहरुले सुरक्षित रुपमा अवतरण गरेको बताए । 

राउतले आन्दोलनका क्रममा आफ्ना सयकडौँ कार्यकर्ताहरु जेलमा रहेका स्मरण गर्दै भने, ‘अधिकार सबै जनतालाई चाहिन्छ, त्यसका लागि हामी अब राजनीतिक मोर्चाबाट अघि बढ्छौँ ।’ 

राउतले अब हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने अवस्था नरहेको भन्दै अब जनमत प्रयोग गरेर अघि बढ्नुपर्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *