गायत्री मन्त्र जप्नुको यस्तो छ कारण

 

चैत ५ ।  हिन्दु धर्ममा गायत्री मन्त्रलाई सबैभन्दा उत्तम र सर्वश्रेष्ठ मानिएको मन्त्र हो । यो मन्त्र जप्नाले मनमा शान्ति एक प्रकारको शक्ति एवं मनमा शान्ति प्राप्त हुन्छ भन्ने धारणा छ । हामी धेरैलाई गायत्री मन्त्र के हो भन्ने थाहा भएपनि यसको अर्थ थाहा नहुन सक्छ । पहिलेको समयमा  ब्राह्मण र क्षेत्रीहरूले व्रतबन्ध गरेपछी मनमनै गायत्री मन्त्र पढ्ने गर्थे । 

द्विजसंस्कार गरिएको ब्राह्मणले दिनदिनै गायत्री मन्त्र अनिवार्य रूपमा जपगर्नुपर्छ भनी शास्त्रमा भनिएको छ । अचेल भने गायत्री  सामान्य भईसकेको छ ।  यो एक यस्तो मन्त्र हो, जो हिन्दु धर्ममा आस्था राख्ने मात्र होइन अरु सबै धर्मावलम्बीले पनि जप गर्न सक्छन् । यसको जप गर्नुसँग केही शारीरिक, मानसिक लाभ पनि मिल्छ । 

null

गायत्री मंत्र : ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्अर्थ : (ॐ) यो प्रभुको मुख्य नाम हो । त्यो प्राणहरूको प्राण (भूः), दुःखनाशक (भुवः) सुखस्वरूप (स्वः) हो । त्यो (तत्) सकल जगतका उत्पादक (सवितुः), प्रभुको (देवस्य) ग्रहणयोग्य (वरेण्यं), विशुद्ध तेज (भर्गः) लाई हामी धारण गरौं (धीमही) जुन प्रभु (यः) हाम्रो (नः) बुद्धिहरूलाई (धियः) असल मार्गमा प्रेरित गरून् (प्रचोदयात्) । सजिलो गरी भन्दा, सृष्टिकर्ता प्रकाशमान परमात्माको प्रसिद्ध तेजको हामी ध्यान गर्छौं । ती परमात्मा हाम्रो बुद्धिलाई असल मार्गतर्फ प्रेरित गरून् । 

गायत्री मन्त्र जप्नुको यस्तो छ कारणहरु 

– यस मन्त्रमा यति शक्ति छ कि, नियमित तीन पटक जप गर्दा व्यक्तिको आसपास नकारात्मक शक्ति हट्नेछ । 

– विद्यार्थीका लागि यो मन्त्र एकदमै लाभदायक हुन्छ । स्वामी विवेकानन्दले भनेका थिए कि, गायत्री सद्बुद्धिका मन्त्र हो । यसले उनले यस मन्त्रलाई मुकुटमणि भनेका थिए । 

–  वेदको कुल संख्या चार छ । चार वेदमा गायत्री मन्त्रको उल्लेख गरिएको छ । यस मन्त्रका ऋषि विश्वभित्र हुन् र देवता सवितृ हुन् । 

– गायत्री मन्त्रको जपबाट केही किसिमको लाभ मिल्छ । यो मन्त्रले भन्छ, ‘उस प्राणस्वरुप, दुःखनाशक, सुखस्वरुप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देवस्वरुप परमात्मालाई हामी अन्तःकरणमा धरण गरौं’ । त्यो परात्माले हाम्रो बुद्धिलाई सद्मार्गमा प्रेरित गर्छ । 

– यस मन्त्रको जपबाट बौद्धिक क्षमता र मेधा शक्ति अर्थात स्मरण क्षमता बढ्छ । यसले व्यक्तिको मस्तिष्कलाई तेज बनाउँछ र दुःखबाट छुटकारा दिलाउँछ । 

– गायत्री मन्त्रको जप सूर्योदयदेखि दुई घन्टा अघिदेखि सूर्यास्थको एक घण्टापछिसम्म गर्न सकिन्छ । 

– गायत्री मन्त्रमा चौबीस अक्षर हुन्छ । यो चौबीस अक्षर चौबीस शक्ति–सिद्धियोको प्रतिक हो । यही कारण हो कि ऋषिहरुले गायत्री मन्त्रलाई भौतिक जगतमा सबै प्कारको मनोकामना पूर्ण गर्ने मन्त्र बनाए । 

– आर्थिक कुरामा कुनै दुःख वा समस्या आउन साथ गायत्री मन्त्रको जप गर्नुपर्छ । मनको वेचैनी हराउँछ । 

– नियमित रुपले १०८ पटक गायत्री मन्त्र जप गर्दा बुद्धि प्रखर र कुनै पनि कुरा लामो समय स्मरण गरिने क्षमता बढ्छ । यो मन्त्रले व्यक्तिको बुद्धि र विवेक निखार्छ । 

– मौन मानसिक जव कुनैपनि बेला गर्न सकिन्छ तर रात्रिमा यस मन्त्रको जप गर्नु हुँदैन । 

– रातमा गायत्री मन्त्रको जप लाभकारी हुँदैन । बरु यसको गलत नतिजा हात पर्न सक्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twelve =