डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड समूह चरणबाटै बाहिरियो

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक सफल क्लब रियल मड्रिड समूह चरणबाट बाहिरिएको छ । मंगलबार राति भएको प्रिक्वाटरफाइलनको दोस्रो लेगमा घरेलु मैदानमा १३ पटकको च्याम्पियन रियल समग्रमा ५–३ गोलको अन्तरले पराजित भएको हो । 

पहिलो लेग घरेलु मैदानमा हारेको आयाक्सले रियलको मैदानमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । च्याम्पियन्स लिगमा २२ वर्षपछि नकआउट चरणमा पुगेको आयाक्सले १० खेलाडीमा झरेको रियललाई ४–१ गोलले हराउन सफल भयो । 

 

null

पछिल्लो १३ वर्षमा आयाक्स च्याम्पियन्स लिगको नकआउट चरणमा पहिलो पटक रियलसँग खेलेको थियो । जसमा उसले रियललाई उसकै मैदानमा स्तब्ध बनायो । खेलको सातौँ मिनेटमा नै जेइचले गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । 

त्यसपछि १८ औं मिनेटमा डेवीड निकीसले आयाक्सको अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलको अग्रता बनाएको रियलविरुद्ध आयाक्सले ६२ औं मिनेटमा तेस्रो गोल गर्यो । यसपटक उसका लागि डुसान टाडीकले गोल गरे । ७० औं मिनेटमा मार्को एसेन्सीयो गोल गर्दै रियलको आशा जनाएका थिए । 

 

तर त्यसको दुई मिेनटपछि नै आयाक्सका सोनीले गोल गर्दै खेलमा चार एकको जित दिलाए । जसका कारण पहिलो लेगको अग्रतालाई रियलले जोगाउन सकेन र घरेलु मैदानमा लगातार चार खेलमा पराजित भयो । 

रियल घरेलु मैदानमा यसरी हारेको सन् २००४ पछि पहिलो पटक हो भने सन् २०१० पछि नकआउट चरणमा पुग्न असफल भएको हो । यता आयाक्स २००६ पछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *