५४५ नेपाली विदेशी जेलमा, सबैभन्दा बढि मलेशियामा, कोमामा कति छ्न् ?

 

चैत १, काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकहरुमा पुगेका १९ जना महिला र ५ सय २६ जना पुरुषहरु जेल परेका छन् । 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार ५ सय ४५ जना विदेशी जेलमा छन् भने ३ महिला र २१ पुरुष गरी २४ जना कोमामा छन् । 

null

सबैभन्दा बढी मलेशियामा २ सय ५ जना जेलमा छन् । त्यस्तै यूएई मा १८५, कुवेतमा ५८, कतारमा ३५, साउदी अरब जेद्दामा ३१, साउदी अरब रियादमा २३, ओमनमा ३, र बहराइनमा ५ जना नेपाली जेलमा रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए । 

यस्तै कुवेतमा ४, यूएईमा १, ओमनमा १, साउदी अरब जेद्दामा १, साउदी अरब रियादमा ४, कतारमा ९ र बहराइनमा ४ जना नेपाली कोमामा रहेको तथ्यांकमा उल्लेख छ, जसमध्ये ३ महिला र २१ पुरुष रहेका छन् । 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले निःशुल्क कानुनी सहायता उपलब्ध गराउन विभिन्न देशबाट जेलमा रहेका नेपालीको संख्याबारे तथ्यांक लिएको हो । 

जेलमा परेका नेपालीलाई देश फर्काउनका लागि आवश्यक कानूनि सहयोगको व्यवस्था गर्न बोर्डले सम्बन्धित देशका कुटनीतिक नियोगमार्फत सहयोग गरिरहेको पनि जनाएको छ । 

गोकर्ण विष्ट श्रममन्त्री भएर आएपछि विदेशी जेलमा रहेका नेपालीलाई निःशुल्क कानूनी सहायता उपलब्ध गराउने निर्णय भएपनि कार्यान्वयन भएको देखिँदैन । जसकारण विभिन्न अभियोगमा विदेशी कारागारमा नेपाली जेल जीवन गुजार्न बाध्य भएका छन् । 

कोमामा रहेका बिरामीलाई नेपाल फर्काएर उपचार गराउने विषयमा विदेशस्थित नेपाली नियोग, कामदारका परिवार र सरकारी अस्पतालहरुमा समन्वय भइरहेको जानकारी दिइएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *