दहचाेक हिउँ बर्सिएपछि

 

१६ दहचाेक काठमाडौ । दहचाेकमा १३ वर्ष पछि आज हिउँ परेपछि दहचाेक पुग्नेकाे संख्यामा वृद्धि भएकाे छ । धार्मिक, ऐतिहासिक, राजनैतिक, पुरातात्विक एवमं पर्यटकीय महत्व बोकेकाे दहचाेकमा १३ वर्ष पछि आज हिउँ परेकाे हाे । 

राजधानीकाे दक्षिण,पश्चिमी भेगमा अवस्थित दहचाेमा हिउँ परे संग आन्तरिक पर्यटकाे घुईचाे लागेकाे चन्द्रागिरि नगरपालिका स्थानीय समाज सेवी रामनारायण घिमिरेले वताए । काठमाडौं, ललितपुर भक्तपुरकाे नगरकोट काभ्रे लगायतका क्षेत्रमा हिमपात हुँदा चिसो बढेर जनजीवन प्रभावित भएको छ । १३ वर्ष अघि २०६२ साल फागुन ३ गते पछिकैकै दाेश्राे चाेटी आज वाक्लाे हिउँ परेकाे छ । 

null

 

काठमाडौं उपत्यकामा आज बिहानै हिमपात भएको हो । काठमाडौं , ललितपुर भक्तपुरकाे नगरकोट काभ्रे लगायतका क्षेत्रमा हिमपात हुँदा चिसो बढेर जनजीवन प्रभावित भएको छ । दहचाेकमा हिउँ परेपछि हाेटल व्यवसायमा समेत राम्रो गरेकाे स्थानीय हाेटल सञ्चालक हरिश्याम राना मगरले वताए । 

हिमपातका कारण चन्द्रागिरि भालेश्वर,दहचाेक नैकाप लगायत का पर्यटकीय क्षेत्रमा बिहान यातायातसमेत सञ्चालन हुन सकेका थिएनन् । दहचाेकमा हिमपात संगै सवारी साधन हिलाेमा चल्न नसक्ने अवस्था आइ पुग्न कठिनाइ उत्पन्न भएकाे थियाे । शहरी क्षेत्रमा लामो समयपछि हिउँ परेकाले स्थानीय भने बिहानै हिउँमा रमाएका भेटिन्थे । 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *