अवैध सामान बरामद

फागुन १८, विराटनगर । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले बिहीवार २ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको खाद्यान्न, कपडा, हार्डवेयरको सामान र नेपालबाट भारत तर्फ लैजाँदै गरेको मरिच, सुपारी, घरेलु मदिरा बरामद गरेको हो ।  

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय बुझाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *